इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


फिक्कल । इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर सामूहिक रुपमा होली पर्व मनाएका हुन् ।

कारागार कार्यालयका प्रमुख प्रमुख गौरव ढुङ्गेल, चौकीदार र नाइकेहरुले कारागारभित्र रहेका कैदीबन्दीलाई रङ्ग तथा अबिर लगाइदिएका थिए । मानसिक अस्वस्थताबाट मुक्तिका लागि कारगारभित्र होली पर्व मनाइएको कारागार प्रमुख ढुङ्गेलले बताए ।

“जेलजीवन बिताइरहेका कैदीबन्दीका साथ रङ्ग अबिर साटासाट गरी होली पर्व मनाइएको छ,” उनले भने, “आफूले पाएको सजायकै कारण मानसिक रुपमा अस्वस्थ भएकालाई सहभागी गराएर होली पर्व मनाएका हौँ ।”


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि