‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


कास्की । सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा तीन लाख १८ हजार बचत भएको छ ।

मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए ।

बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो ।

महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट १७ लाख ८६ हजार सङ्कलन भएको थियो । सो गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बनेको थियो ।

खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमी सञ्चालनमा उपयोग गरिँदै आएको क्लबले जनाएको छ ।

विभिन्न जिल्लाका २८ बालक राखेर प्रारम्भ गरिएको एकेडेमीले उनीहरूको बास, शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको काम निःशुल्करूपमा गर्दै आएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको