आरक्ष पीडित माग पुरा गर्न करिब तीन दर्जन आयोग : झण्डै २४ सय परिवार अहिले पनि स्थायी बसोबासको खोजीमा

Saturday October 18, 2025

पढ्न लाग्ने समय :


राजन जैगडी
कार्तिक, १
२०५८ सालमा शुक्लाफाटा राष्ट्रिय निकुन्ज विस्तारका क्रममा सरकारले हटाएका झण्डै २४ सय परिवार अहिले पनि स्थायी बसोबासको खोजीमा छन । आरक्ष पीडितहरुका माग पुरा गर्न सरकारले अहिलेसम्म करिब तीन दर्जन आयोग बनाईसकेको छ । तर, कुनै पनि आयोगले आरक्ष पीडितहरुका पीडा क मगर्न सकेको छैन । प्रशासनले ५८ सालमा हात्ती लगाएर घरवास भत्काएपछि पीडितहरुले कन्चनपुरको लालझाडी ढक्कामा बसोवास सुरु गरेका थिए । उनीहरु ढक्कामा बसोबास गर्न थालेको पनि १८ वर्ष भन्दा बढी भइसकेको छ । तर, वस्तीमा खानेपानी, विजली लगायतका आधारभूत सुविधा समेत पुगेका छैनन । जेनजी आन्दोलनपछि आरक्ष पीडितहरु पुन जुर्मुराएका छन् । उनिहरु कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित २२ धारा भनिने मसानघाट क्षेत्रमा पाल टाागेर बसिरहेका छन् । आरक्ष पीडित सरु देवी कार्कीले सरकारले आफ्ना नागरिक भए जिम्मा लिनु पर्ने नत्र नागरिकता राज्यले फिर्ता लिनु पर्ने बताउनु भयो ।
अर्की आरक्ष पीडित कुन्ता देवी शाहले राज्यले आफुहरुलाई गैर नागरिकको व्यवहार गरेको गुनासो गर्नु भयो । उहाँले अब राज्यको थप दमन सहन नसकिने बताउनु भयो ।
अर्की आरक्ष पिडित तुलसा नेपालीले चुनावमा नेताहरुले ठूल्ठूला सपना र आश्वासन दिने गरेको बताउनु भयो । तर चुनाव जितेपछि उनीहरु फर्केर नआएको उहाको गुनासो छ ।
आरक्ष पिडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले आफूले आरक्ष पीडितहरुको माग सुनुवाईका लागि १९ दिन काठमाडौमा र १२ दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी अनसन बसेको बताउनु भयो । उहाँले अव आरक्ष पडितहरु आफ्नो जमिन आफै अमिन भन्ने नारा सहित आफ्नो बसोवास आफै खोज्नका लागि संघर्ष गर्ने दृढता व्यक्त गर्नुभयो ।
आवाज…. जय बहादुर रोकाया, अध्यक्ष, आरक्ष पीडित संघर्ष समिति
सरकारले आरक्ष पीडितहरुको बसोबासको लागि पटक पटक आयोग बनाएको छ । तर, कुनै पनि आयोगले अहिलेसम्म आफूहरुले परिचय पत्र बाहेक केही नपाएको उहाहरुको गुनासो छ । राज्यले करिब तीन दर्जन आयोग बनाएर गरेको खर्चबाट नै आफुहरुको पुनस्थापन हुन सक्ने उहाहरुको भनाई छ । २०५८ सालमा सरकारले हटाएका आरक्ष पीडितहरुका पीडा र मागहरु सरकारले कहिले सुनुवाई गर्ला ? कोही पनि उत्तर दिन सक्ने अवस्थामा छैनन् ।

 


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ