आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ ।

नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग मार्च २५ र २६ मा टी-२० खेल खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको