आम नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भयोः उपसभामुख राना

Thursday November 21, 2024

पढ्न लाग्ने समय :


उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीवार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदशनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सुन्दर र स्वस्थ वातवरण बनाउनुपूर्व सबैले सभ्य र अनुसाशित बन्न जरुरी रहेको बताउनु भयो । उहाँले सामुदायिक जंगलहरुमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदुषण गर्ने वस्तुहरु जथाभावी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने बताउनु भयो । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ ।

उहाँल भन्नुभयो, ‘नेपालमा अहिले वायु प्रदुषणको कुरा गर्ने हो भने भताभुंग स्थिति छ । वन जंगलभर डढेलो लागेको छ हामी हेरिरहेका छौं । चुरोट खाएर धुवाँसहितको चुरोट जताततै फलिदिन्छौं । हामीसँग अनुशासन छैन । हामीले आउने पुस्तालाई स्वस्थ वातावरण दिनुपर्दछ । सुन्दर वातावारण बनाउनका लागि एक सुन्दर नागरिक बनाउन आवश्यक छ । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकाले वातावरण स्वस्थ राख्ने दायित्व समेत सबै देशको हो भन्ने मलाई लाग्छ । बालबालिकाहरुलाई समेत स्वस्थ वातावरणका फाइदाहरुबारे जानकारी दिनुपर्दछ ।’

उहाँले देशभरका बालबालिकाहरुलाई स्वस्थ वातावरण निर्माणका लागि सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको