आम नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भयोः उपसभामुख राना

Thursday November 21, 2024

पढ्न लाग्ने समय :


उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीवार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदशनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सुन्दर र स्वस्थ वातवरण बनाउनुपूर्व सबैले सभ्य र अनुसाशित बन्न जरुरी रहेको बताउनु भयो । उहाँले सामुदायिक जंगलहरुमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदुषण गर्ने वस्तुहरु जथाभावी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने बताउनु भयो । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ ।

उहाँल भन्नुभयो, ‘नेपालमा अहिले वायु प्रदुषणको कुरा गर्ने हो भने भताभुंग स्थिति छ । वन जंगलभर डढेलो लागेको छ हामी हेरिरहेका छौं । चुरोट खाएर धुवाँसहितको चुरोट जताततै फलिदिन्छौं । हामीसँग अनुशासन छैन । हामीले आउने पुस्तालाई स्वस्थ वातावरण दिनुपर्दछ । सुन्दर वातावारण बनाउनका लागि एक सुन्दर नागरिक बनाउन आवश्यक छ । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकाले वातावरण स्वस्थ राख्ने दायित्व समेत सबै देशको हो भन्ने मलाई लाग्छ । बालबालिकाहरुलाई समेत स्वस्थ वातावरणका फाइदाहरुबारे जानकारी दिनुपर्दछ ।’

उहाँले देशभरका बालबालिकाहरुलाई स्वस्थ वातावरण निर्माणका लागि सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको बताउनु भयो ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको