आठौं समन्वयात्मक बैठक सम्पन्न

Monday November 18, 2024

पढ्न लाग्ने समय :


सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि शुरु भएको समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागुऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गर्नुभएको थियो । एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए । यसअघि सातौं समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका प्रमुखबीच सीमा सुरक्षाबारे छलफल हुने गरेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको