आठौँ विराट गोल्डकप बिहीबारदेखि

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


बेलबारी (मोरङ) । मोरङको विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था गरिएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । गत वर्ष विजेताले रु २० लाख १५ हजार र उपविजेताले रु १० लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए ।

अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा १० क्लबको सहभागिता रहनेछ । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका ‘ए’ डिभिजन क्लबसँग सहभागिताका लागि समन्वय भइरहेको छ । विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो ।

गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको