आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


आगामी चैतको दोस्रो सातामा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल क्लाइम्बिङ खेल संघको आयोजनामा चैत ८ र ९ गते काठमाठौंमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो ।  संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दियो । कृतिम तथा प्राकृतिक उचाइ भएको स्थान (वाल र चट्टानले बनेका अग्लो स्थान) मा खेलिने साहसिक प्रतिष्पर्धा नै स्पोट्र्स क्लाइम्बिङ खेल हो । दुई दिनसम्म हुने प्रतियोगितामा लिड र बोल्डर विधामा खेलाने भएको छ । राष्ट्रियस्तरको खुला प्रतियोगितामा १४ वर्षदेखि माथि उमेरका खेलाडीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् । स्पोट्र्स क्लाइम्बिङ्ग र साहसिक खेलकुदसँगै खेल पर्यटन विकास र प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न लागेको संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्लाइम्बिङ्ग खेलकुद महासंघ (आइएफएससी) को मापदन्डअनुरूप खेल हुने भएको छ । खेलको जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी खेलाडी तथा खेल प्राविधिकको बीमा गरिएको छ ।
खेलका प्रतिष्पर्धा  बिहान ८ बजेदेखि शुरु हुनेछ । पुरुष तथा महिलातर्फ छनोटचरण खेल हुनेछ । छनोटबाट महिला र पुरुषमा समान ८ जनाले फाइनल राउण्डको यात्रा तय गर्ने भएका छन् । फाइनलमा प्राप्त अंकको आधारको वरीयता निर्धारण गरिने संघले जनाएको छ । विजेताले नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गर्ने संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए । संघका अध्यक्ष पौडेलले नगद पुरस्कारबारे अहिलेसम्म टुंगो नलागेको र केही दिन पुरस्कार रकमबारे जानकारी दिने उल्लेख गरेका छन् ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ