अविरल हिमपातका कारण हुम्लाको न्यालु सडक अवरुद्ध

Friday October 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार ,
अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ।

नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्।

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ। सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए। समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि