अरब लिगद्वारा सिरियामा इजरायली आक्रमणको निन्दा

Thursday February 27, 2025

पढ्न लाग्ने समय :


अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइतले बुधवार सिरियाली क्षेत्रहरूमा हालै गरिएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । एएलको अबुल–घेइतले इजरायली आक्रमणलाई अवैध वास्तविकता स्थापित गर्न सिरियामा राजनीतिक संक्रमणको फाइदा उठाउने लापरवाह उत्तेजना र वृद्धिको रूपमा वर्णन गर्नुभयो । उहाँले सिरियाली क्षेत्रहरूमा कुनैपनि इजरायली कब्जा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई थप निन्दा गर्न आह्वान गर्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दक्षिणी सिरियाको पूर्ण निशस्त्रीकरणको लागि आह्वान गरेको हालैको टिप्पणी पछि, मंगलवार राति दक्षिणी सिरियामा इजरायली हवाई आक्रमण तिब्र पारिएको छ  । धेरै सैन्य स्थलहरूलाई लक्षित गरिएको छ । सिरियाली अन्तरिम सरकारले आक्रमणको निन्दा गरेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको