अफगानिस्तानमा बच्चा जन्माउनेक्रममा दैनिक २४ आमाको मृत्यु !

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


काबुल ।  अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अफगानिस्तान कार्यालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अफगानिस्तानले सोमबार सामाजिक सञ्जालमार्फत भनेको छ, “विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालको आर्थिक सहायताअन्तर्गत रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण हरेक दिन २४ जना आमाको मृत्यु हुने अनुमान गरेको छ ।”

डब्लुएचओ अफगानिस्तानको सामाजिक सञ्जाल एक्स (ट्वीटर)सँग सम्बन्धित हालैको रिपोर्टमा सङ्गठनले मातृ मृत्युदरका कारण देशको स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएको छ ।

रिपोर्टमा खाद्य असुरक्षा र कुपोषणका कारण लाखौं मानिसको ज्यान खतरामा परेको र यसमा सङ्क्रामक रोग, प्रकोप र गम्भीर खडेरीले थप बढावा दिएको बताइएको छ ।

प्रतिवेदनअनुसार सन् २०२३ मा मानवीय सहायताको आवश्यकता पर्ने व्यक्तिको सङ्ख्या दुई करोड ८० लाखभन्दा बढी पुगेको छ, जुन दुई वर्षअघि एक करोड ८४ लाख थियो । स्वास्थ्य क्षेत्रमा हाल ७५ लाख बालबालिका र ३१ लाख महिला गरी एक करोड ४० लाख मानिस स्वास्थ्य सहायताका लागि लक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको