अन्तरिम सरकारको नेतृत्वको लागि पूर्वप्रधानन्यायधीस कार्कीको नाममा सहमति बन्दै
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।
जेनजी प्रतिनिधिहरुले नेपाली सेनाको सहजीकरणमा हुने वार्तामा समुहका तर्फबाट अभिभावकत्व लिइदिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आग्रह गरेका छन् । यसअघि धेरै समूहमा बाँडिएका जेनजी समुहको बुधबारबारको भर्चुअल छलफलमा पूर्वप्रधानन्यायधीयकार्कीलाई अभिभावकत्व ग्रहण गरिदिन आग्रह गर्ने समझदारी बनेको बताइएको छ ।
करिब ३२ सय जना सहभागी भर्चुअल छलफलमा कार्कीलाई अब बन्ने अन्तरिम सरकारको नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेको बताइन्छ । छलफलमा अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति पूर्वप्रधानन्यायधीस कार्की नै हुनेमा लगभग सहमती बनेको जेनजीहरूको भनाई छ ।
छलफलमा अन्तरिम सरकारको नेतृत्व गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिले गर्नुपर्ने र राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि संवाद गर्न सक्ने व्यक्तिबारे छलफल भएको बताइन्छ ।
जेनजीहरूको समूहका ७ हजार ७१६ जनाले सामाजिक सञ्जालमै गरेको मतदानमा ५० प्रतिशतभन्दा धेरैले पूर्वप्रधानन्यायधीस कार्कीको पक्षमा मत व्यक्त गरेको पनि बताइएको छ ।