अनावश्यक मलेसिया भ्रमणमा जाने एन्फाका उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका दश जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ।

यस विषयमा मन्त्रालयले एन्फाले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरेको पनि जनाएको छ ।

यसबाहेक युवा तथा खेलकुद मन्त्रालयले खेल संघका पदाधिकारीलाई वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयमा अनुरोध समेत गरेको जनाएको छ ।

आज युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा भ्रमणमा गएका १० जनालाई कारबाही गर्न निर्देशन दिएको हो । ‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ अनावश्यक व्यक्ति मलेसिया गएपछि खेलकुद मन्त्रालयलका प्रवक्ता शिवप्रसाद रेग्मीले भनेका छन्।

‘कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्‌लाई निर्देशन दिइएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ,’ रेग्मीले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर मलेसिया गएका छन्। यस्तै एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन्। यस्तै ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाएर मलेसिया पठाइएको छ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र