अध्यक्ष ओली र भीम रावलबीच छलफल

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल भएको छ । आज (मंगलबार) केन्द्रीय पार्टी कार्यालय च्यासलमा दुई नेताबीच छलफल भएको हो ।

१० औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावल त्यसपछि एमालेमा सक्रिय थिएनन् । आज दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममा अछाममा नाराबाजी भएपछि रावलसँग वार्ता गर्न पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।

उक्त कार्यदलमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा थिए । रावलले यस अघि उक्त समितिसँग केही समय अघि छलफल गरेका थिए ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र