अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन ।

बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिइन् ।

साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये ४२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

हाल ११ सम्पदा पुनःनिर्माण हुन बाँकी छ । २२ वटा सम्पदा पुनःनिर्माणमा भने अझै केही हुन नसकेको हो । हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन् ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको