अझै भेटिएनन सुनकोसीमा बेपत्ता तीन बालबालिका, फर्कियो गोताखोर टोली

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । तीन दिनदेखि सुनकोसी नदीमा हराई रहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेका तीन बालबालिका अझै भेटिएका छैनन । उनीहरूको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीको गोताखोर टोली पनि फिर्ता भएको छ ।

सोमबार दिन भर पानी मुनी खोजे पनि बालबालिकाको अवस्था पत्ता लगाउन नसकेपछि सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको हो । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोसी नदिका पौडी खेल्दा त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगर बेपत्ता भएका थिए ।

बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएकोमा करिव २ किलोमिटरसम्म पानी जमेको सबै स्थानमा खोजी गर्दा समेत नभेटाएपछि खोजतलास टोली फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

गोताखोरको टोलीले समेत नभेट्टाएपछि बालबालिकालाई नदिले बगाएर अन्य स्थानमा लगेको हुनसक्ने अनुमानसहित थप प्रहरी टोली परिचालन किनारा केन्द्रित खोजी कार्य सुरु गरिएको घिमिरेले जानकारी दिए ।

 


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ