अझै भेटिएनन सुनकोसीमा बेपत्ता तीन बालबालिका, फर्कियो गोताखोर टोली

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । तीन दिनदेखि सुनकोसी नदीमा हराई रहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेका तीन बालबालिका अझै भेटिएका छैनन । उनीहरूको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीको गोताखोर टोली पनि फिर्ता भएको छ ।

सोमबार दिन भर पानी मुनी खोजे पनि बालबालिकाको अवस्था पत्ता लगाउन नसकेपछि सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको हो । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोसी नदिका पौडी खेल्दा त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगर बेपत्ता भएका थिए ।

बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएकोमा करिव २ किलोमिटरसम्म पानी जमेको सबै स्थानमा खोजी गर्दा समेत नभेटाएपछि खोजतलास टोली फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

गोताखोरको टोलीले समेत नभेट्टाएपछि बालबालिकालाई नदिले बगाएर अन्य स्थानमा लगेको हुनसक्ने अनुमानसहित थप प्रहरी टोली परिचालन किनारा केन्द्रित खोजी कार्य सुरु गरिएको घिमिरेले जानकारी दिए ।

 


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको