अछाममा छाउ बारेर सुतेकी महिला र बालिकाकाे ढुङ्गा लागेर मृत्युु

Friday August 29, 2025

पढ्न लाग्ने समय :

फाईल फोटो

अछाममा महिनावारी बारेर खेतबारीमा पाल टागेर सुतेकाे अवस्थामा ढुङ्गा लागेर दुई जनाकाे मृत्युु भएको छ ।पञ्चदेवल विनायक नगरपालिका- ८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल टागेर सुतिरहेकाे अवस्थामा खसेकाे ढुङ्गा लागेर ७ वर्षीय बालिका कविता भण्डारी र ३५ वर्षीय निम खनालकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।<span;>उनीहरू दुवै जनाकाे घटनास्थलमै मृत्युु भएको हाे । सँगै सुतिरहेकि  मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी भने गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चाैकि पठाइएको छ ।
<span;>पञ्चदेवल विनायक नगरपालिका-८ का वडा अध्यक्ष छत्रबहादुर शाहीले महिनावारी बारेर दुवै जना महिला त्रिपालमुनी सुतेका थिए ।
<span;>बिहीबार उनीहरूलाई महिनावारी भएको पाँच दिन पुगेकाे थियाे । मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर छाउ भएपछि त्यहाँ सुतेका थिए ।
<span;>भण्डारीकि ७ वर्षीया छाेरी आमाकाे मायाले बिहीबार उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिईन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


भर्खर

कैलालीमा बोइलर कुखुराको मासु खाएका २ जनाको मृत्यु

धनगढीः कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ