सुदूरपश्चिममा बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल सुरु

Tuesday June 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट (विनियोजन विधेयक)को सिद्धान्त र प्राथमिकतामा छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल थालिएको हो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाली कम्युनिस्ट पार्टीका गीतादेवी माल र नेकपा (एमाले)का प्रमुख सचेत चक्र मल्लले भाग लिए ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको प्रस्तावमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न लागिएको हो । मन्त्री थापाले केही दिन अगाडि मात्रै प्रदेश सरकारको बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेका थिए।


भर्खर

अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने

काठमाडौँ : नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद फेरि जोगियो

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर

सुदूरपश्चिम सरकार ‘मुख्यमन्त्री लघु उद्यम कार्यक्रम’ सञ्चालन गर्ने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ६ ओटा स्थानीय तहमा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने