सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Tuesday June 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। शाहकै दल नेपाली कांग्रेसका बहुमत सांसदहरुले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको एक कांग्रेस सांसदले जानकारी दिए।
उनका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए। मुख्यमन्त्रीले बहुमत सदस्यहरूको समर्थन नरहे पद छाड्ने बताएका थिए। त्यसपछि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको थियो।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी