धनगढीबाट गाडीसहित तस्करीको माछा बरामद
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको धनगढीमा तस्करीको माछा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले सात सय २० किलोग्राम माछा बरामद गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १० बाट तस्करीको जलकपुर माछा बरामद गरिएको प्रहरीले बताएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालयका प्रतिनिधिहरूको बिचमा शुक्रवार राति माछा नष्ट गरिएको छ। प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००१ च ००६२ जिपसहित भारतबाट तस्करी गरेर ल्याइएको माछा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले जिपसहित माछा भन्सार कार्यालय, कैलाली पठाएको थियो।