महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

Thursday May 14, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगरः कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित क्षेत्र खाली गरिने भएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग (गड्डाचौकी–अत्तरिया–चिसापानी) सडक सीमा सडक केन्द्रबाट २५–२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा, संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ।

सडक विभागको स्वीकृतिबिना अस्थायी÷स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ।

जारी सूचनामा राजमार्गको सडक क्षेत्रमा बनेका अस्थायी–स्थायी संरचना, टहरालगायत अन्य संरचनाहरु भत्काउन वा हटाउन १५ दिनको समय दिइएको छ। तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ।


भर्खर

विष्णु पौडेललाई गैरकानुनी थुनिएको भन्दै श्रीमती पुगिन् सर्वोच्च

काठमाडौं : आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल

रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय

भारतीय प्लास्टिक आयातमा कडाइ गर्न फूल व्यवसायीको माग

धनगढी :  कैलालीका फूल व्यवसायी तथा किसानहरूले भन्सार नाकामार्फत भारतबाट भित्रिने प्लास्टिकका फूलको आयातमा कडाइ