कैलाली उद्योग वाणिज्य संघको टोली त्रिनगर-गौरीफन्टा नाकामा

Thursday April 23, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ।

एक सय रुपैयाँ बढीको सामान स्थलमार्ग भएर आयात गर्दा भन्सार लाग्ने नियम कार्यान्वयनको अवस्था बुझ्न संघको टोली आज बिहान नाकामा पुगेको हो ।
अनुगमनका क्रममा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीको संख्या ८० देखि ९० प्रतिशतले घटेको पाइएको संघका अध्यक्ष पुष्करराज ओझाले बताए । ‘सशस्त्र प्रहरी र सिमापारितर्फ एसएसबीसंग पनि हामीले कुराकानी गर्याैँ,’ ओझाले भने, ‘उहाँहरुले पनि रोजगारीका लागि जाने र आउने क्रमबाहेक ९० प्रतिशतले किनमेलका लागि जाने आवागमन घटेको बताउनुभएको छ ।’

ओझाले भन्सार नाकामा मात्रै नभएर खुला सीमानाको फाइदा उठाउँदै हुने सामान आयातलाई पनि रोक्न सबै निकायले कडाइ गर्नुपर्ने बताए । सामान आयातमा भन्सार लगाएर मात्रै दिगो समाधान नहुने बताउँदै ओझाले देशमै उत्पादन बढाउने वातावरण सरकारले बनाउनुपर्ने बताए । ‘स्वदेशमै उत्पादन बढाउन सकियो भने सस्तोमा उपभोक्तालाई सामान दिन पनि सकिन्छ,’ उनले भने, ‘रोजगार पनि बढ्छ । देशको अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन भएपछि संघले स्वागत गरिसकेको बताए । नेपाली व्यवसायीहरूले यस व्यवस्थालाई अवसरको रूपमा लिएको बताउँदै जोशीले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सुपथ मूल्यमा पारदर्शी ढंगले उपलब्ध गराउनको निम्ती आग्रह गरिएको बताए । यस्तै, संघको टोलीले कैलाली भन्सार कार्यालयसंग पनि भन्सार छली नियन्त्रणका विषयमा छलफल गरेको छ ।

भन्सार महसुल ऐन, २०८१ मा स्थलगमार्ग भएर भारताबाट सय रुपैयाँ बढीको सामान आयात गर्दा कर तिर्नुपर्ने व्यवस्था छ । नयाँ सरकार आएपछि सो व्यवस्था कडाइका साथ लागू गरिएको छ ।


भर्खर

बैतडीमा बन्दुकको छर्रा लागेर वडा सदस्य घाइते

बैतडी : बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् । घाइते हुनेमा सुर्नया

कैलाली उद्योग वाणिज्य संघको टोली त्रिनगर-गौरीफन्टा नाकामा

धनगढीः कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ। एक सय रुपैयाँ बढीको सामान

बाजुरामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा