डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना

Thursday April 16, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने तिन वटा स्थानीय तहलाई लक्षित गर्दै स्थापना गरिएको इलाका प्रशासन कार्यालयको उद्धाटन बुधवार गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले गरेका हुन् ।

बडीकेदार गाउँपालिका वडा नम्बर १ का स्थानीय सोविता बोहरालाई नागरिकताको प्रमाणपत्र प्रदान गरी सेवाको शुभारम्भ गरिएको थियो ।

स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको उनले बताए ।

इलाका प्रशासन कार्यालयको स्थापना भएसँगै जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिका पुरै तथा बोगटान फुड्सिल गाउँपालिकाका तीन ओटा वडा (१, २ र ३) वडा लगायत १४ वटा वडाका स्थानीयले सेवा पाउने भएका छन् । भौगोलिक विकटताका कारण सेवाग्राहीलाई सेवा लिन असहजता तथा आर्थिक रूपले बढी खर्चिलो हुने समस्यालाई मध्यनजर गरी इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।

अब यहाँका नागरिकहरूले हाल नागरिकता लगायतका कामकालागि सदरमुकाम सिलगढी पुग्नु पर्ने बाध्यता हटेको छ । कार्यालयबाट नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, तथा राष्ट्रिय परिचयपत्र लगायतका सेवा आजैबाट प्रदान गरिन सुरु गरिएको र केही समयपछि राहदानी सेवा लगायतका अन्य सेवा पनि सुचारु गरिने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताए ।

बडिकेदारका दुर दराजका बस्तीका नागरिकले अब २÷३ दिन लगाएर जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको र नापी र मालपोत कार्यालय पनि स्थापना भएमा सहज हुने बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउँदले बताए।

इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीय स्तरमा सहज सेवा उपलब्ध हुने आशामा स्थानीय बासिन्दा रहेका छन् ।

उद्घाटन कार्यक्रममा जिल्लाको जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधी ,सरोकारवाला लगायत स्थानीयको सहभागीता रहेको थियो

तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ माघ १० गते डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

 


भर्खर

डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना

डोटी : डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने

सुदूरपश्चिमका २६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य

फेरि बढायो इन्धनको मूल्य

धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि