कक्षा ८ को परीक्षामा धनगढीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

Friday April 10, 2026

पढ्न लाग्ने समय :


धनगढीः कक्षा ८ को परीक्षामा धनगढीका ७० दशमलव ०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढी उपमहानगरपालिकाले लिएको वार्षिक परीक्षाको नतिजामा विगतका वर्षहरूभन्दा नतिजा सुधार भएको हो।

अघिल्लो शैक्षिक वर्ष २०८१ मा ६१.५८ प्रतिशत (३ हजार ३ सय ५१) विद्यार्थी उत्तीर्ण भएको थिए भने, शैक्षिक सत्र २०८० मा जम्मा ५१.४० प्रतिशत (३ हजार २८ जना) विद्यार्थी उत्तीर्ण भएका थिए। यसैगरी शैक्षिक सत्र २०७९ मा ३२.७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए। यस वर्ष भने सामुदायिक र संस्थागत विद्यालयको नतिजामा उल्लेख्य सुधार आएको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार यो वर्ष धनगढीका सामुदायिक र संस्थागत गरी ११३ वटा विद्यालयका ५ हजार ४ सय २८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उनीहरू मध्ये तीन हजार ८ सय १ जना पहिलो चरणको परीक्षामा सफल भएका हुन्।

उपमहानगरपालिकाले परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित गरिएकाले नतिजामा सुधार भएको जनाएको छ। सामुदायिक विद्यालयले समेत यो वर्ष विद्यार्थी उत्तीर्ण प्रतिशत बृद्धि गरेका छन्।

 


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट