सडक कालोपत्रको माग गर्दै धनगढीमा ‘लास’ आन्दोलन

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सडक कालोपत्रको माग गर्दै सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि लास आन्दोलन गरिएको छ ।

बोलन्या थली नामक संस्थाको आयोजनामा दैजी–लिप्ना–जोगबुढा सडकखण्ड निर्माणमा भइरहेको ढिलाईप्रती खबरदारी गर्न मुख्यमन्त्री कार्यालय अगाडि लास आन्दोलन गरिएको हो।

बोलन्या थलीका संयोजक यादव जोशीले १० वर्षदेखि अलपत्र अवस्थामा रहेको सडकको निर्माण तत्काल अघि बढाउनुपर्ने माग गर्दै लास आन्दोलन गरिएको बताए। उनकाअनुसार यो सडकखण्ड निर्माणका लागि ठेक्का पाएको नार्गाजुन कन्स्ट्रक्सनले काममा ढिलाई गर्दै आएको छ।

कञ्चनपुरको दैजीदेखी डडेल्धुराको सिमाना लिप्नासम्मको १२ किलोमिटर सडक निमार्णका लागि ८ वैशाख २०७४ मा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड २६ लाख ५३ हजारमा ठेक्का पाएको थियो।

५ साउन २०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने समय दिइएकोमा उक्त सडकको निर्माण अहिलेसम्म पूरा भएको छैन। पाँच पटकसम्म म्याद थप्दा समेत काम नभएको हो। पछिल्लो पटक थपिएको म्याद गत असारमै सकिएको थियो।

 


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून