कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द तीन हजार बढी मतले अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दले मतान्तर बढाएका छन्। चन्द नेपाली काँग्रेस उम्मेदवार नरनारायण शाह भन्दा तीन हजार २ सय ८६ मतले अगाडि गएका छन।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा १० हजार छ सय १९ मत गणना गरिएकोमा पाँच हजार एक सय २२ मत चन्दले पाएका छन। काँग्रेसका उम्मेदवार एक हजार आठ सय ३६ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाको एक हजार चार सय ४३ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेको एक हजार एक सय आठ मत रहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २२९ मत र स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले २४३ मत प्राप्त गरेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा १० हजार ६ सय १९ मत गणना गरिएको छ। हालसम्म १० हजार ७५ मत सदर भएका छन्। हालसम्म पाँच सय ४४ मत बदर भएका छन्। सुरुवाती चरणदेखि नै घण्टी चुनाव चिह्न भएका आनन्द बहादुर चन्दले बलियो पकड जमाएका छन्। नेपाली काँग्रेस र एमालेका उम्मेदवारहरू बीच दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ। मतगणना कार्य जारी रहेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा ६५ हजार नौ सय ६३ मत खसेको छ। यो क्षेत्रमा एक लाख १० हजार पाँच सय ३९ मतदाता रहेका छन्।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ