कैलाली-४ काे मत गणनामा विवाद
पढ्न लाग्ने समय :
गेटा: कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणनामा विवाद भएकाे छ। निर्वाचन क्षेत्र नम्बर ४ काे गाेदावरी नगरपालिका-१ काे घण्टेश्वर माविकाे मत पेटीकाकाे मत र मुचुल्काकाे मत फरक परेपछि विवाद सुरु भएकाे हाे।
गाेवादरी नगरपालिका वडा नम्बर १ काे घण्टेश्वर मावि मतदान केन्द्रकाे मतपेटीकामा ८१ मत बढी भेटिएपछि विवाद भएकाे बताईएकाे छ। मतगणना सुरु नहुदै विवाद भएपछि फेरि समाधानका लागि सर्वदलिय बैठक जारी रहेकाे छ।
कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना सुरु हुज सकेकाे छैन।