धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा थप १८ किलोमिटर कालोपत्र हुँदै
पढ्न लाग्ने समय :
धनगढी : धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा नयाँ ठेक्का सम्झौता गरेर काम थालिएको छ।
कैलालीको हाटखोलीदेखि वीपिनगर क्षेत्रको खण्डमा नयाँ ठेक्का सम्झौता गरिएको हो।
कैलाली खण्डमा नयाँ १८ किलोमिटरको काम पूरा भएपछि सहज रूपमा डोटीको वीपिनगरसम्म सहज रुपमा सवारी सञ्चालन गर्न सकिने भएको छ। कैलालीको चुरे क्षेत्रमा नयाँ ठेक्काको काम समेत थालिएको योजना कार्यालयका सूचना अधिकारी दीपक देवकोटाले बताए। उनले भने, ‘आढे १८ किलोमिटर ठेक्का भएको छ। काम हुँदैछ।’ स्याउले–हाटखोली खण्डमासमेत सडक कालोपत्रको काम जारी रहेको छ।
धनगढी–दीपायल द्रुतमार्गको तीन खण्डमा सडक कालोपत्रको काम थालिएको हो। धनगढी–स्याउले–हाटखोली खण्डको १३ दशमलव चार किलोमिटरको काम पूरा भएको छ। हाटखोली क्षेत्रमा छ दशमलव छ किलोमिटरको काम जारी रहेको छ। कैलालीको चुरे क्षेत्रको १८ दशमलव पाँच किलोमिटरको नयाँ ठेक्का सम्झौता गरिएको छ। मंसिरमा ८० करोडको नयाँ सडक कालोपत्रको ठेक्का सम्झौता गरिएको धनगढी–दीपायल द्रुतमागै योजना कार्यालयका सूचना अधिकारी दीपक देवकोटाले बताए। उनले भने, ‘धनगढीबाट २० किलोमिटरको काम अन्तिम चरणमा छ। साढे १८ किलोमिटरमा नयाँ ठेक्का हो। विपीनगरसम्म साढे ३८ किलोमिटरको काम सकिन्छ। वीपिनगर क्षेत्रमा ४२ सय मिटर मात्र बाँकी रहन्छ। त्यो क्षेत्र र वीपिनगरदेखि माथिको नौ किलोमिटरका लागि बजेट स्वीकृत माग गरेका छौ।’
धनगढीदेखि विपीनगरसम्मको द्रुतमार्गको लम्बाइ ४२ किलोमिटर रहेको छ। धनगढीदेखि हाटखोली क्षेत्रको २० किलोमिटरको काम अन्तिम चरणमा छ। चुरे क्षेत्रको १८ दशमलव ६ किलोमिटरको ठेक्का सम्झौता हालै भएको हो। कैलाली क्षेत्रमा ३८ दशमलव किलोमिटर कालोपत्र हुने भएको हो।
डोटीमा २६ किलोमिटर द्रुतमार्ग कालोपत्रेको काम जारी रहेको छ। डोटी क्षेत्रमा सडक कालोपत्रको नयाँ ठेक्का सम्झौताका लागि बजेटको अभाव रहेको छ।