बालेनको घरको गेट फुटाइयो, चोरीको आशंका
पढ्न लाग्ने समय :
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ।
शुक्रवार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए।
झापा–५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन्। घरमा को–को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।