बाजुरामा फेरि हिमपात, चुनावी प्रचारप्रसार प्रभावित

Thursday January 29, 2026

पढ्न लाग्ने समय :


धनगढी : बाजुरामा लगातार परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ। गत शुक्रवार, शनिवार र सोमवारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो।

केही दिन यता बाहिर बाक्लो हिमपातका कारण यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए। उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ। त्यसैमाथि अहिले गत शुक्रवारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ।’

पाडी गाउँ यहाँको हिमाली भेग मुनी भएकोले र यहाँ थोरै पानी पर्ने बित्तिकै बाक्लो हिमपात पर्ने भएकोले अहिले यहाँका वयोवृद्ध बालबालिका र दमका बिरामीहरू प्रभावित हुने गरेको रावतले बताए। बाजुरामा लगातार परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको भएपनि यहाँका किसानले लगाएको हिउँदेबालीलाई भने राहत भएको छ।

जिल्लामा परेको लामो समय खडेरीका कारण यहाँका किसानले लगाएको त्यो हिउँदेबाली गहुँ,जौ र तरकारीबालीलाई राहत भएको हो। ‘यहाँ सिचाइको सुविधा छैन। हामी सधैँ आकासे पानीको भरमा हिउँदे खेती लगाउँने गर्छौं । पानी परेपछि त्यो बाली राम्रो हुन्छ। पानी नपरेपछि भने त्यो सबै सुक्छ। यती बेला पानीसँगै बाक्लो हिउँ परेपछि त्यो बालीलाई भने निकै राहत भएको छ।’ हिमाली गाउँपालिका स्थनीय जोगा रोकायले भने।

उनका अनुसार कात्तिकदेखि माघको महिना सातासम्म पानी नपरेपछि हिउँदे खेती सुक्छ। अनी बर्खाको समय के खाने भन्ने निकै चिन्ता भएको थियो। यतीबेला माघ १० गते रातीदेखि बाक्लो हिमपात परेपछि अब त्यो हिउँदे बालीलाई राहत भएको छ।

बाक्लो हिउँ परेपछि गहुँमा लाग्ने किरा समेत मर्ने र सिचाइको पनि आवश्यक नपर्ने भएकोले अब यो वर्ष हिउँदेबाली सप्रिने आश भएको रोकायाले बताए। बाजुरामा केही दिन यता लगातारको हिमपातले दल र उम्मेदवारहरुको चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम पनि प्रभावित बनेको छ। हिमाली भेगका गाउँ बस्ती बाक्लो हिमपातले छापिएपछि यहाँका राजनीतिक दललाई ती गाउँ बस्तीमा गएर चुनावी प्रचारप्रसार गर्न समस्या भएको हो।

यहाँका धरै गाउँ बस्तीमा यती बेला विभिन्न दलका नेता तथा कार्यकर्ता आएर चुनावी प्रचार प्रसार गर्दै आएका छन्। गत शुक्रवारदेखि गाउँमा बाक्लो हिमपात परेकोले अहिले सम्म यहाँ कोही दलका उम्मेदवार आउने नगरेको रावलले बताए।

 


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते