क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार

Saturday November 23, 2024

पढ्न लाग्ने समय :


चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो ।  विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भुमिका रहेको उल्लेख गर्दै सहयोगा लागि चीन सरकारलाई धन्यावाद दिनुभयो । उहाँले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरु आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभइ काठमाडौं जिल्लाभर सेवा बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वमा नै चर्चा भइरहेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भुमिका हुने भएकोले चीन सरकारले आज क्षेत्रपाटी चिकित्सालयलाई जुन गाडी उपलब्ध गरएको छ यसको लागि उहाँहरुलाई धन्यावाद दिन चाहन्छु । वातावरण स्वच्छ राख्न विद्युतीय गाडीको ठूलो महत्व छ । नेपालले सम्पूर्ण मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं भन्ने कुरा पनि आजको यस कार्यक्रमबाट पुष्टि भएको छ । यस चिकित्सालयलाई अगाडि बढाउनका लागि सहयोगहरु जसरि आइरहेको छ अगामी दिनमा अझ तिब्र रुपमा बढोस् भन्ने कामना गर्दछु । यस चिकित्सालयले टोलबासीलाई मात्र नभएर काठमाडौंको सम्पुर्ण उत्तर पश्चिमतिरको क्षेत्रका नागरिकका लागि सेवा बिस्तार गरोस् । सेवा सुविधालाई थप प्रभावकारी बनाओस् भन्ने शुभकामना दिन चाहन्छु । यसका लागि सबै लाग्नुहोस् ।’

उहाँले विं स. २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आईपुग्दा अस्पतालको रुपमा विकास हुनु खुशीको कुरा भएको बताउनु भयो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ