बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

Wednesday October 23, 2024

पढ्न लाग्ने समय :


साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको भारतमाथि बुधवार ३–१ को जित निकाल्दै बंगलादेशले पनि अन्तिम चारको यात्रा तय गरेको हो । बंगलादेशको यो जितसँगै सेमिफाइनलमा पुग्ने पाकिस्तानको आशा समाप्त भयो । भारतले बंगलादेशमाथि जित निकाल्दा पाकिस्तान समूह ए को उपविजेताको रूपमा सेमिफाइनलमा पुग्ने समीकरण थियो । तर पाकिस्तानको चाहनाअनुरूप नतिजा भएन । यससँगै बंगलादेश समूहविजेता र भारत उपविजेताको रूपमा सेमिफाइनलमा पुगे । समान दुई खेलबाट बंगलादेशले चार अंक, भारतले तीन र पाकिस्तानले एक अंक बटुल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले पाँच पटकको विजेता भारतमाथि दबाब बनाउँदै जित निकालेको हो।

पहिलो हाफमा तीन गोलले पछाडि परेको स्थितिमा भारतले एक गोल फर्काएको थियो । तर दोस्रो हाफमा भने गोल निस्किएन ।
पहिलो हाफमा भारतले पनि गोलका अवसर सृजना नगरेको भने होइन । बाला देवीले सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा मनिषाको फ्रिकिक पहिलो बारमा लागेर बाहिरिएको थियो । बंगलादेशले भने पाएका अवसरलाई गोलमा परिणत गर्यो । बंगलादेशका लागि तोहुरा खातुनले दुई तथा अफेइदा खन्दाकेरले एक गोल गरे । भारतका लागि बाला देवीले गोल गरिन् । त्यसअघि खेलको १० औं मिनेटमा भारतीय खेलाडी मनीषाको प्रहार बंगलादेशकी गोलकिपर रुपना चक्माले बचाइन् । खेलको १८ औं मिनेटमा बंगलादेशले सेटपीस अवसरलाई सदुपयोग गर्दै अग्रता लियो । कप्तान सबिना खातुनको कर्नरलाई विपक्षी गोलकिपर पान्थोइ चानुले नियन्त्रणमा लिन सकिनन् । जसको फाइदा अफेइदाले लिइन् । उनको लोफ्टेड प्रहारले टप कर्नरको जाली चुमेको थियो । २९औं मिनेटमा  बंगलादेशले दोस्रो गोल गर्यो । यसपल्ट विपक्षी रक्षकको तालमेल नमिल्दा रितु पोर्ना चक्माको क्रसमा तोहुरा (खातुन)ले गोल गरिन् । ३५औं मिनेटमा चानु सोरोखाइबमको क्रसमा बाला देवीले गरेको प्रहार गोलकिपर चक्माले बचाउँदा भारत गोल गर्नबाट चुक्यो । त्यसको सात मिनेटपछि तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले समसुनुहार जेको ब्याक पासमा बक्स नजिकैबाट दर्शनीय गोल गरेकी थिइन् । उनको शक्तिशाली प्रहारले दोस्रो बारको जाली चुमेको थियो । बंगलादेशले तेस्रो गोलको सेलेब्रेसन गर्न नपाउँदै भारतले एक गोल फर्कायो । काउन्टर आक्रमणमा बाला देवीले गोल गरिन् । यससककंगै पहिलो हाफमा भारत ३–० ले पछाडि रह्यो ।

दोस्रो हाफमा भने दुवै तर्फबाट गोल हुन सकेन । दोस्रो हाफको शुरूमै भारतको आक्रमण सफल भएन । ५४औं मिनेटमा भारतकी रिम्पा हल्दारले करिव १५ यार्डबाट गरेको सशक्त प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले उत्कृष्ट बचाउ गरिन् । भारतको ६२औं मिनेटमा  गरेको उत्कृष्ट आक्रमण पनि सफल भएन । ज्योति चौहानले पेनाल्टी बक्सबाटै गरेको सशक्त प्रहार फेरि चक्माले नै पन्च गर्दै बिफल पारिन् । ८०औं मिनेटमा मध्यभागबाट सपना रानीले गरेको लामो प्रहार भारतकी गोलकिपर पन्थोईले पन्च गर्दै बाहिर पठाउँदै संकट टारिन् । त्यसपछि बाँकी समयमा दुवै तर्फबाट अवसर सिर्जना भए पनि गोल निस्किएन र बंगलादेशले ३– १ को जित निकाल्यो ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय