कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम शुरु भएको छः प्रधानमन्त्री ओली

Wednesday October 23, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम शुरु भएको बताउनुभएको छ ।बुधवार सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भए लगत्तै तीनसय दिन भित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णय गरेअनुसार शहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई काम शुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भए लगत्तै हामीले तीनसय दिन भित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णय गरेका थियौं । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान र प्याराफिट निर्माण गर्न शहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई काम शुरु भएको छ । नेपालले आफूलाई चाहिने भन्दा बढी उत्पादन गरे पनि विद्युत ऊर्जा विक्री गर्नसक्ने सम्भावनामाथि निकै प्रश्न उठ्ने गरेको छ। तर, गत एकसय दिनको अवधीमा बंगलादेशमा ४० मेगाबाट विद्युत निर्यातका लागि त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको छ ।’
त्यस्तै, गत एकसय दिनको अवधीमा बंगलादेशमा ४० मेगाबाट विद्युत निर्यातका लागि त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको बताउनु भयो ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय