सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आईतवार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम शुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने जानकारी दिनुभयो ।
संयोजक डा. आचार्यले भन्नुभयो, ‘उहाँले यो राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई एकदमै प्रायोरिटी दिनुभएको छ । र यसलाई कसरी सफल पार्ने भन्ने उहाँको एउटा ठूलो कमिटमेन्ट देखेँ मैले । त्यसैले पनि मैले यसलाई हुन्छ भनेर मैले स्वीकारेको छु । त्यही अनुसार यो कमिटी गठन भएको छ । र यहाँले जान्नुभएकै छ कि कमिटीमा धेरै विज्ञहरु हुनुहुन्छ नेपालको । डा। भगवान कोईराला, डाक्टर काफ्ले हुनुहुन्छ । र वरिष्ठ अफिसरहरु पनि हुनुहुन्छ विभिन्न मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहसचिव सदस्य सचिव हुनुहुन्छ । मलाई एउटा जुन वरिष्ठ एक्सपर्ट लेवलको कमिटी छ । यसले मन्त्रीज्युको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसमा सबैको चासो छ । बेनेफेसियल जनताको पनि चासो छ । यसमा सरकारको पनि चासो छ । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी यसले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पु¥याओस् भन्ने कमिटमेण्ट छ सरकारको । विगतका अनुभवलाई पनि लिएर भविष्यमा कसरी जाने भन्ने काम गर्छ होला  र मैले अघि नै यहाँलाई भनिसकेँ–नेपालमा स्वास्थ्य बीमा प्रोग्रामलाई कसरी बढी प्रभावकारी बनाएर लैजाने भन्ने रोडम्यापसहित रिपोर्ट आउँछ होला । र त्यसले भविष्यमा यसलाई कसरी लैजाने र कुन हदसम्म जाने भन्ने भन्ने कुरा डिसाईट गर्छ होला । भर्खरै यो समिति शुरु भएको छ । यसमा छलफलको आधारमा खाका बन्छ । त्यही खाका अनुसार काम गर्न शुरु गर्छौं ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा। आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोईराला, विकास अर्थशास्त्री डा। रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गर्नुभएको थियो । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न