देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका

Monday May 13, 2024

पढ्न लाग्ने समय :


नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।

नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् ।

नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् ।

नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए । उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए ।

यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चतता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ । आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न