प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

Saturday May 11, 2024

पढ्न लाग्ने समय :


कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ ।  प्रादेशिक आयुर्वेद चिकित्सालयका डा दुर्गाप्रसाद ढुङ्गानाका अनुसार सेवा लिनेमध्ये महिलाको सङ्ख्या ११ हजार १२ र पुरुष आठ हजार १७ जना छन् ।

पूर्वकर्म अर्थात् बाथरोग तथा नसासम्बन्धी विभिन्न रोगको तेल राखेर गरिने उपचार सेवा लिने महिलाको सङ्ख्या पाँच हजार छ सय ३४ र पुरुष चार हजार तीनजना रहेका छन् ।

चिकित्सालयबाट तीन हजार पाँच सय ३८ महिला र दुई हजार ३९ पुरुष बिरामीले प्रयोगशाला परीक्षण गराएका छन् । मलद्वारसम्बन्धी रोगको उपचार लिने महिलाको सङ्ख्या ११ र पुरुष १४ जना रहेको जनाएको छ । आर्थिक बर्ष २०७९–८० मा २९ हजार सात सय ४७ बिरामीले उपचार सेवा लिएका थिए  ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा.रामकामेश्वर ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुलालगायतको उपचार सेवा दिँदै आएको जानकारी दिए ।

निःशुल्क औषधि वितरण र चिकित्सालयमै जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्न मेसिन जडान भइरहेको डा ठाकुरको भनाइ छ । “अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ । मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसको सुरुआत चिकित्सालयबाटै थालेको छु”, डा ठाकुरले भने ।

सुदूरपश्चिम प्रदेशमा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न