मदरसाको अनुगमनमा मुस्लिम आयोग

Friday May 10, 2024

पढ्न लाग्ने समय :


खजुरा (बाँके) । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको टोलीले मदरसा शिक्षाको बारेमा अनुगमन तथा छलफल गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका अन्तर्गत रहेका मदरसाको स्थलगत अनुगमन गर्दै आयोगको टोलीले मदरसा शिक्षाको अवस्थाका बारेमा जानकारी लिएको हो ।

टोलीले सो क्षेत्रमा सञ्चालित मदरसाको भौतिक पुर्वाधार, बालबालिकाको शिक्षाको अवस्था, गुणस्तरीयता लगायतका विषयमा जानकारी लिई देखिएका समस्यालाई समाधानका लागि सम्वन्धित निकायमा पहल गर्ने मुस्लिम आयोगका सदस्य सम्सुल हकले बताए ।

अनुगमन पश्चात आयोगका अध्यक्ष अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने भन्दै मुस्लिम समुदाय शिक्षामा निकै पछाडि परेकाले शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

उनका अनुसार राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि आयोगले निरन्तर पहल गर्दै आएको छ । मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको भन्दै आयोग अध्यक्ष अन्सारीले लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापनका लागि तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा अध्यक्ष अन्सारीसहितको टोलीलाई स्वागत गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पालिकामा रहेका २६ वटा मदरसाको भौतिक पूर्वधार र योग्य जनशक्ति नहुँदा मदरसाको अवस्था नाजुक भएको भन्दै भौतिक पूर्वधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गरेका थिए । टोलीमा अध्यक्ष अन्सारी, सदस्यद्वय सम्सुल हक र महमदिन अलीलगायत रहेका थिए ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट