शिविरमार्फत् नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह

Monday April 29, 2024

पढ्न लाग्ने समय :


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहले वडास्तरमा स्वास्थ्य शिविरको आयोजना गरी नागरिकको स्वास्थ्यमा देखिएका समस्या पहिचान तथा उपचार गरिरहेका छन् । अस्पतालको प्राविधिक सहयोग लिई आयोजित शिविरमा देखिएका गम्भीर स्वास्थ्य समस्यामा स्थानीयले तहले निःशुल्क उपचार गर्ने व्यवस्थासमेत मिलाएका छन् ।

तेमाल गाउँपालिकाले गत सोमबारदेखि नौ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु गरेको थियो । नेपाल नेत्रज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकास्थित विभिन्न स्वास्थ्य चौकी एवं पायक पर्ने स्थानमा आयोजित शिविरमा करिब दुई हजारले सेवा लिएको जनाइएको छ । गाँउपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकका अनुसार शिविरमा विशेषगरी स्वाशप्रस्वाश, आँखा, दाँत, खकार तथा एचआईभीको परीक्षण गरिएको छ ।

शिवरमा हालसम्म २३ जनामा मोतियाविन्दु तथा सात जनामा क्षयरोगको समस्या देखिएको पाठकले बताए । सामान्य स्वास्थ्य समस्या भएकालाई स्थानीयस्तरमै उपचार एवं औषधि प्रदान गरिएको छ । गम्भीर प्रकृतिका समस्या देखिएकालाई अस्पतालको समन्वयमा उपचार एवं शल्यक्रिया गरिने जनाइएको छ । गाउँपालिकाले शिविरमा स्वास्थ्य परीक्षणसँगै नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

यस्तै आइतबार खानीखोला गाउँपालिका–७ मिल्चेमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको सहाकार्यमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । शिविरमा दुई सय नौ जनाको आँखा परीक्षण गरी आँखाका रोगीलाई निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो ।

शनिबार पनौती नगरपालिका–२ कुशादेवीमा आयोजित वृहत स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला रोग, जनरल मेडिसिन गरी दुई सय ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । काठमाडौँस्थित अल्का अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । नगरप्रमुख रामशरण भण्डारीले आफुहरु नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले समय–समयमा स्वास्थ्य शिविरमार्फत् नागरिकलाई स्थानीयस्तरमै सेवा प्रदान गरिरहेको बताए ।

बिहीबार रोशी गाउँपालिका–११ भीमखोरीमा आयोजित आयुर्वेद स्वास्थ्य शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कार्यालयका आयुर्वेद चिकित्सक, कविराज, वैद्यहरुले स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण गरेका थिए । शिविरमा एक सय ५७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रत्येक वर्ष गाउँपालिकाका दुई÷तीन स्थानमा आयुर्वेदसम्बन्धी स्वास्थ्य शिविर गर्दै आएको बताए ।

लामाका अनुसार गत मङ्गलबार वडा नं १, २ र ३ लाई लक्षित गरेर शिखरमा आयोजना गरिएको शिविरमा एक सय ५५ स्थानीयवासीले सेवा लिएका थिए । यसअघि वडा नं ९ स्थित मङ्गलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जनाले सेवा लिएका छन् ।

यस्तै वडा नं ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिका–८ लगायतका स्थानीय शिविरबाट लाभान्वित भएका हुन् । उक्त शिविरमा ६७ जनाले सामान्य चिकित्सा, ५१ ले स्त्रीरोग, २६ ले भिआइए सेवा, ९७ ले हाडजोर्नीसम्बन्धी र १६ जनाले सामान्य सर्जरी सेवा तथा समस्या देखिएका नागरिकले औषधि लिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ