अशक्त र गरिबले कामपाभित्र निःशुल्क उपचार पाउने

Sunday April 28, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो ।

कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो । महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन् ।

उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन् । सम्पर्कका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन कामपाले आग्रह गरेको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ