महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

Friday April 26, 2024

पढ्न लाग्ने समय :


महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ ।

आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने सामाजिक अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य सेवाप्रदायक, स्थानीय तह, प्रशासन र सामाजिक सङ्घ संस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिए । महोत्तरी हात्तीपाइले रोग प्रभावित जिल्ला भएकाले रोग निवारणका लागि सामूहिक रूपमा अभियान सञ्चालन गरिने उनको भनाइ छ । अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधि खुवाउने तरिकाबारे अभिमुखीकरण गरिसकिएको गुप्ताले बताए ।

‘यसपालि औषधि सेवनमा एकजना पनि नछुटुन् भन्ने ध्येयका साथ योजना बनाइएको छ । स्वास्थ्यकर्मीले घरघरमा पुगेर औषधि खुवाउनेछन् । यस अभियानमा सहयोगका लागि सबैलाई आग्रह छ,’ गुप्ताले भने ।

अभियानको क्रममा दुई वर्ष उमेर पुगेका सबैलाई उचाइमापन गरी औषधिको मात्रा दिइने छ । त्यसबाहेक दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डायलाइसिस गर्नुपर्ने व्यक्तिलाई औषधि खुवाइने छैन । यस अभियानअन्तर्गत जिल्लाका सात लाख १६ हजार दुई सय ६४ जनालाई औषधि खुवाइने कार्यालयको तथ्याङ्क छ ।

मधेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहट गरी चार जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ