तेमालमा बृहत् स्वास्थ्य शिविर

Tuesday April 23, 2024

पढ्न लाग्ने समय :


काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शीर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।

सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गर्नुभएको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो ।

शिविरमा पाँच जनाको एचआइभी, एक सय चार जनाको मधुमेह, ६६ को दाँत र ८० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकले जानकारी दिए । शिविरमा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको थियो । ती परिचयपत्र सबै शिविरमा प्रदान गरिने उनले बताए ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ