कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


कैलाली। जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। गौरीगंगा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगंगा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि रु तीन करोडको ठेक्का सम्झौता भएको छ।

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि रु पाँच करोडको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए। कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि रु नौ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ। घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताए।

यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा सात सय ५६ मिटर तटबन्ध निर्माणका लागि रु चार करोडमा ठेक्का सम्झौता भएको छ । डिभिजन कार्यालयका प्रमुख पालले नौ महिना भित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताए।


भर्खर

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो: कतार

दोहा। मध्यस्थकर्ता कतारले मंगलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस