इलामेली जनतालाई ओलीको आश्वासनः सुहाङ र यहाँको विकासको जिम्मा म लिन्छुसुहाङलाई जिताउन अपिल गर्दै ओलीले भने- सुहाङ र यहाँको विकासको जिम्मा म लिन्छु

Wednesday April 17, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न उपनिर्वाचनमा अत्याधिक मतले सुहाङ नेम्वाङलाई जिताउन अपिल गरेका छन् ।

चुनावी अभियानका क्रममा इलाममा रहेका ओलीले सुहाङले चुनाव जित्ने दाबी गरे । उनले चुनाव जित्नुमात्रै ठूलो कुरा नभएको दाबी गर्दै अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरेका हुन् । साथै, उनले सुहाङ र इलामको विकासको जिम्मा आफूले लिने उद्घोष गरे ।

‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु । यहाँको विकासको जिम्मा म लिन्छु । पैसा कमाउन, खाँचो भएर यहाँ आएको होईन सुहाङ नेम्वाङ,’– उनले भने ।

सुहाङ बाबुको सपना पूरा गर्न र देश बनाउनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको उनको दाबी छ । सूर्य चिन्हमा मतदान गरेर सुहाङलाई जिताउन उनले आग्रह गरे । साथै, उनले अन्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई पैसा खर्च नगर्नसमेत उनले सुझाव दिए ।


भर्खर

सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

बाजुराः बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्‍याइएको छ।

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन