टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

Tuesday April 9, 2024

पढ्न लाग्ने समय :


टीकापुर । चैत ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ ।

पहिलो दिन ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९१ महिलाले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको जाँच तथा रिङपेशरी, फिस्टुलासम्बन्धी सेवा प्रवाह भएको छ ।

शिविरमा ७७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दोस्रो दिन सहरी स्वास्थ्य केन्द्र सत्ती र तेस्रो दिन अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएकाले परीक्षण शिविर सञ्चालन गरिएको बताए। “स्वास्थ्य शाखामा दैनिक क्यान्सर सङ्क्रमित बिरामी सिफारिस लिन आउने गरेका छन्”, उनले भने, पाठेघर र स्तन क्यान्सर बढी देखिएको छ । समयमै उपचार भएमा क्यान्सरबाट बच्न सकिने भएकाले पालिकाले गाउँगाउँमा शिविर सञ्चालन गरेको हो ।”

एक सय ३८ जनाको आँखा परीक्षण:

यसैबीच, टीकापुर बहुमुखी क्याम्पस र श्रीकृष्ण आँखा अस्पतालको सहकार्यमा सोमबार खड्ग स्मृति माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।

त्यस क्रममा एक सय ३८ जनाको आँखा परीक्षण गर्दा ४० जनाभन्दा बढीमा समस्या देखिएको क्याम्पसका जनसम्पर्क संयोजक सहप्राध्यापक नाथुराम चौधरीले बताए । कक्षा ११ र १२ का विद्यार्थीलाई लक्ष्य गरी परीक्षण गरिएको हो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ