साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै

Monday April 8, 2024

पढ्न लाग्ने समय :


मोरङ । मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो ।

जीवन विकास लघुवित्त संस्थाले दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो । संस्थाका अनुसार हाल ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नं ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए ।

कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण सुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने उनको भनाइ छ । रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले सो क्षेत्रमा अस्पताल निर्माण सुरु गरिएको सांसद मण्डलले बताए ।

उक्त सामुदायिक अस्पताल हाललाई एक सय शय्याको हुनेछ । अध्यक्ष मण्डलले अस्पतालमा सो क्षेत्रका स्थानीयले उपचारमा ५० प्रतिशत छुट पाउने बताए । “यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, किसान र ऋषिदेवलगायतउपचारका लागि विराटनगर आउनु पर्दा निकै धेरै खर्च हुने गरेको थियो, अस्पताल निर्माणपछि सुलभ शुल्कमा उपचार पाउनेछन्”, उनले भने ।

आफ्नै घर आँगनमा उपचारका व्यवस्था हुने भएपछि आफूहरु निकै खुसी भएको स्थानीय रवि मण्डलले बताए । अस्पताल २०८१ साल असोज महिनामा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अस्पतालमा अन्य अस्पतालको तुलनाा सस्तो शुल्कमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

सो क्षेत्रमा अस्पताल निर्माणपछि भारतीय नागरिकहरु पनि उपचारका लागि आउनसक्ने अध्यक्ष मण्डलको भनाइ छ । कटहरी गाउँपालिका–२ सुकुम्वासी बस्तीकी ३५ वर्षीया रेवतीदेवी ऋृषिदेवले गाउँमा अस्पताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध हुनका साथै रोजगारीसमेत प्राप्त हुने विश्वास व्यक्त गरे ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ