बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै

Friday April 5, 2024

पढ्न लाग्ने समय :


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले ठेक्का आह्वान गरिसकेको हो । रु १५ करोड बजेट लागतको बहुवर्षीय ठेक्काअन्तर्गत सघन सहरी तथा भवन निर्माण योजनाले टेन्डर खोलेको हो ।

चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । अर्थ मन्त्रालयबाट रु १५ करोडको बहुवर्षीय ठेक्का तथा स्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सघन सहरी तथा भवन निर्माण योजनाले बनाएको डिजाइन सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो ।

आव २०८२÷८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण कार्य अगाडि बढाउने जनाएको छ । ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटनालगायत सबै प्रकारका बिरामीले सहज उपचार पाउने छन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ