हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर

Sunday March 31, 2024

पढ्न लाग्ने समय :


सिमकोट (हुम्ला) । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । एकदिने शिविरमा तीन सय १५ जनाले सेवा लिएका थिए ।

आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा एक सय ८१ महिला र एक सय ३४ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शङ्कर साह रोनिहारले जानकारी दिए ।

यस्तै ७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिएका हुन् । सेवा लिनेमा ३५ प्रतिशत बढी ज्येष्ठ नागरिक रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले बताए । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ ।

शिविरमा नसर्ने रोगको जाँच र औषधि वितरण गरिएको हो । यस्तै बाथरोग उपचार, जोर्नी, ढाड र जिउ दुख्ने बिरामीको उपचार गरिएको छ ।

अम्लपित्त (ग्याष्ट्रिक), पेटको समस्या, अनिद्रा, उच्च रक्तचाप, मधुमेह, उच्च रक्तचापलगायत बिरामीको उपचार गरिनुका साथै औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकलाई शक्तिवद्र्धक, स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले  बताए ।

यसैबीच, हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए ।

वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ नं वडासम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए ।

यस्तै वडा नं २ का १४, वडा ३ का १०, ४ का एक, ५ का आठ, ६ का ७, वडा ७ मा आठ र वडा नं ८ का ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले जानकारी दिए ।

वडा १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो । प्रतिव्यक्ति  रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको अध्यक्ष विजय भण्डारीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष भण्डारी बताउनुहुन्छ । आगामी आवबाट दीर्घरोगी बिरामीको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने उनले जानकारी दिए ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ