लोकसेवा आयोगको जनविश्वास टुट्न दिनु हुँदैन : प्रदेश प्रमुख भट्ट

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् ।

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर आफ्ना गतिविधि प्रभावकारीरुपमा अगाडि बढाउन सुझाव दिए ।

“लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा त्यसप्रति धन्यवाद व्यक्त गर्छु, अबका दिनमा पनि आयोग अझ बढी प्रभावकारीरुपमा अगाडि बढ्नुपर्छ”, प्रदेश प्रमुख भट्टले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशीनेक्रम अत्याधिक भएका कारण रिक्त पदको आयोगले छिटो परीक्षा सञ्चालन गरी उनीहरूलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।

उनले नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटकपटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेको प्रतिचिन्ता व्यक्त गरे । यहाँका राजनीतिक दलले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लैजान सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी भएको उनले बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोकसेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास मर्न दिन नहुने बताए । लोकसेवा आयोग देशको स्थायी सरकार भएकाले यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा उनले जोड दिए ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकालदेखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनविश्वास कायमै राख्नुपर्नेमा जोड दिए ।

लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना कामकारबाहीका बारेमा प्रकाश पारिएको थियो । उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी