तातोपानी नाका आठ वर्षपछि सर्वसाधारणका लागि खुला

Friday September 1, 2023

पढ्न लाग्ने समय :


सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट आठ वर्षपछि मानव आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका हुन् । सांसद माधव सापकोटा आफैंले मितेरी पुल तरेर चीन प्रस्थान गरेका थिए ।

सांसद सापकोटा सहितको टोलिलाई चिनियाँहरुले स्वागत गरेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीहरुसहित नाका पुगेका सांसद सापकोटाले अब नाका पूर्ण सञ्चालनको बाटोमा गएको प्रतिक्रिया दिएका छन् । २०७२ साल वैशाख १२ गतेको महाभुकम्पपछि नेपाल चीनबीचको यो नाका पूर्ण रुपमा बन्द रहेको थियो ।

नेपाल र चीन दुबैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाई पन्छाएर सीमित संचालनमा आएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द रहेको थियो ।

चीनबाट सीमित सामान आयातका लागि खुल्ला रहेको नाकाबाट २०८० बैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । यात्रु आवात जावत खुलेसँगै नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका