कैलालीमा एक युवक घरभित्रै मृत फेला

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


धनगढी । कैलालीको जमुनानगरका एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।

आज १२:१० बजेको समयमा आफ्नै एक तले ४ कोठे घरको आफू सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। शवलाई पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य